माइतीघरमा यसरी उर्लीयो जनसागर (भिडियोमा)

माइतीघरमा यसरी उर्लीयो जनसागर (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा गुठी पक्षधरहरुले विशाल प्रर्दशन गरेका छन ।

सरकारलाई गुठी विधेयक खारेज गर्न दवाव दिँदै काठमाडौं, ललितपुर र भक्तपुरका गुठी पक्षधरहरुले काठमाडौंको माईतीघर मण्डलामा बुधबार विशाल प्रदर्शन गरेका हुन् ।

त्यस क्रममा उनीहरुले गुठी विधेयक फिर्ता लिएको सरकारलाई खारेज नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी पनि दिए । गुठीयारको अधिकार सुनिश्चित गर्न आह्वान गर्दै आयोजना गरिएको प्रदर्शनमा धर्म, संस्कृति र सम्पदाहरुको नाश गर्ने काम गरिरहेको दावी गर्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरिएको थियो । उनीहरुले गुठी विधेयक फिर्ता गरेपनि फेरी आउने आशंका गर्दै त्यसलाई खारेज गर्न पनि सरकारलाई सचेत गराए ।

राष्ट्रिय सभामा प्रस्तुत गुठी विधेयकविरुद्ध चर्को आन्दोलन सुरु गरेका उनीहरुले सो विधेयक खारेज नै हुनुपर्ने अडान राखेका छन । सरकारले मंगलबार पत्रकार सम्मेलन गरी सो विधेयक फिर्ता लिएको थियो । तर त्यसलाई खारेज नै गर्नुपर्ने गुठी पक्षधरहरुको माग छ ।

प्रर्दशनका क्रममा ‘सम्पदा मास्न पाईदैन,’ ‘गुठीयारहरुको अधिकार सुनिश्चित गर,’ ‘धर्म, संस्कृति र सम्पदाहरको रक्षा गर’लगायतका नारा लेखिएको प्लेकार्ड पनि प्रर्दशन गरिएको थियो ।

Logo