पत्रकार सम्मेलनमै डा. दम्पत्तिको घम्साघम्सी, बोल्न खोज्दा श्रीमतीले झण्डै मारिनन्

पत्रकार सम्मेलनमै डा. दम्पत्तिको घम्साघम्सी, बोल्न खोज्दा श्रीमतीले झण्डै मारिनन्

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज । वीरगञ्जका डा. दम्पत्ति राजेश साह र निलम साहले पत्रकार सम्मेलनको आयोजना गरे । दाइजो नपाएको निहुँमा श्रीमतीलाई यातना दिएको आरोप लागेका डा. राजेश र श्रीमती डा. निलमले एउटै मञ्चमा पत्रकारको आयोजना गरेका थिए ।

पत्रकार सम्मेलनमा निलम निकै हाबी भईन् । बुधबार आयोजित पत्रकार सम्मेलनमै राजेशलाई गाली गलौज र दुव्र्यवहार गरिन् । गत आइतबार निलमले पत्रकार सम्मेलन गरेर दाइजोको निहुँमा आफ्ना श्रीमान् राजेशसहित सासू र ससुराले यातना दिएर घरबाट निकाल्ने प्रयास गरेको आरोप लगाएकी थिइन्।

सञ्चारमाध्यममा निलमले झुठा प्रचार गरेर आफूलाई बदनाम गरेको भन्दै बुधबार राजेशले आफ्ना कुरा राख्न पत्रकार सम्मेलन गरेका थिए । नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमै प्रवेश गरेर निलमले राजेशलाई गाली गलौज गर्दै बोल्न नदिएकी हुन् । बोल्न खोज्दा निलमले राजेशलाई पटकपटक तानेपछि दुवैबीच घम्साघम्सी परेको थियो । उनीहरुको घम्साघम्सीले पत्रकार सम्मेलनस्थल नै केहीबेर तनावग्रस्त बनेको थियो।

पत्रकारले राजेशलाई कुरा राख्न दिन निलमलाई पटकपटक आग्रह गर्दा पनि आफ्नो सल श्रीमानको गलामा बेरेर लछारपछार पार्ने प्रयास गरेकी थिइन्।निलमले जबरजस्ती गरेपछि करिब आधा घण्टासम्म पत्रकार सम्मेलन तनावग्रस्त बनेको थियो। झगडा नगरी आफ्ना कुरा राख्न आग्रह गर्ने पत्रकारमाथि नै निलम जाइलागेपछि सञ्चारकर्मीले निलमको व्यवहारप्रति आपत्ति जनाएका थिए।

Logo