माइतीघरमा मानवसागरः प्रधानमन्त्रीको राजीनामादेखि नेवा राज्यको मागसम्म (फोटोफिचर)

माइतीघरमा मानवसागरः प्रधानमन्त्रीको राजीनामादेखि नेवा राज्यको मागसम्म (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंमा गुठी पक्षधरहरुले विशाल प्रदर्शन गरेका छन । सरकारलाई गुठी विधेयक खारेज नै गर्न दवाव दिँदै काठमाडौं, ललितपुर र भक्तपुरका गुठी पक्षधरहरुले काठमाडौंको माईतीघर मण्डलामा बुधबार विशाल प्रदर्शन गरेका हुन ।

त्यस क्रममा उनीहरुले गुठी विधेयक फिर्ता लिएको सरकारलाई खारेज नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिए । गुठीयारको अधिकार सुनिश्चित गर्न आह्वान गर्दै आयोजना गरिएको प्रर्दशनमा धर्म, संस्कृति र सम्पदाहरुको नाश गर्ने काम गरिरहेको दावी गर्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरिएको थियो ।

उनीहरुले गुठी विधेयक फिर्ता गरेपनि फेरी आउने आशंका गर्दै त्यसलाई खारेज गर्न पनि सरकारलाई सचेत गराए । राष्ट्रिय सभामा प्रस्तुत गुठी विधेयकविरुद्ध चर्को आन्दोलन सुरु गरेका उनीहरुले सो विधेयक खारेज नै हुनुपर्ने अडान राखेका छन ।

सरकारले मंगलबार पत्रकार सम्मेलन गरी सो विधेयक फिर्ता लिएको थियो । तर त्यसलाई खारेजनै गर्नुपर्ने गुठी पक्षधरहरुको माग छ । प्रदर्शनका क्रममा ‘सम्पदा मास्न पाईदैन,’ ‘गुठीयारहरुको अधिकार सुनिश्चित गर,’ ‘धर्म, संस्कृति र सम्पदाहरको रक्षा गर’ लगायतका नारा लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो ।

प्रदर्शनको क्रममा उनीहरुले प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका थिए । उनीहरुले ओलीविरुद्ध चर्को नाराबाजी गर्दै राजीनामा माग गरेका हुन् । त्यस्तै नेवा राज्यको समेत माग गरेका छन् ।

 

 

Logo