नेपालमा दैनिक १५ व्यक्तिद्वारा आत्महत्या

नेपालमा दैनिक १५ व्यक्तिद्वारा आत्महत्या

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रविधिको प्रयोगले आत्महत्याको संख्या बढाएको तथ्यांकले देखिएको छ । अहिले नेपालमा दैनिक १५ व्यक्तिले आत्महत्या गर्छन्, त्यसमध्ये अधिकांशको नयाँ प्रविधिको दुरुपयोग मृत्युको कारण बनेको छ ।

नेपाल प्रहरीको रिपोर्ट लेख्छ, ‘समाजमा हुने बिभिन्न खाले आपराधिक घटनामा आत्महत्याको संख्या हरेक दिनजसो बढ्दै गएको देखिन्छ, यसमा नयाँ प्रविधि पनि कारकका रुपमा देखिएको छ ।’

मुलुकमा सडक दुर्घटनापछि सबैभन्दा धेरै व्यक्ति आत्महत्याका कारण मृत्युको मुखमा पुगेका छन् । एक बर्षमा नेपालमा ५ हजार २ सय ८० जनाले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीका प्रवक्ता बिश्वराज पोखरेल बताउनुहुन्छ ।

नयाँ प्रविधिका रुपमा रहेको सामाजिक सञ्जालको प्रयोग आउनुअघि हुने गरेको आत्महत्यामा पारिवारिक यातना मुख्य कारणका रुपमा थियो भने अहिले त्यस प्रकारका प्रविधिको दुरुपयोग मुख्य बनेको डिआईजी पोखरेल बताउनुहुन्छ ।

पछिल्लो समय भइरहेका आत्महत्या गर्नेको कारण खोज्ने हो भने २४ प्रतिशतले आवेगमा आएर आत्महत्या गरेको देखिन्छ प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

नैराश्यता र मानसिक दीर्घ रोगका कारण १५ दशमलव ५ प्रतिशत, पारिवारिक कलहका कारण पनि १५ दशमलव ५ प्रतिशत नै, गरिबिका कारण ७ दशमलव ५ प्रतिशत, प्रेममा धोका पाएको कारण ५ शदमलव ५ प्रतिशत, असफलताका कारण २ दशमलव ५ प्रतिशत, आर्थिक लेनदेनका कारण २ प्रतिशत, व्यावसायिक असफलताका कारण १ दशमलव ५ प्रतिशत र नयाँ प्रविधिको दुरुपयोगका कारण २४ प्रतिशतले आत्महत्या गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
नेपाल समाचारपत्रबाट

Logo