दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाउनेको संख्या ९ पुगेको हो । "/>

अपडेटः बझाङमा जीप दुर्घटना, मर्नेको संख्या ९ पुग्यो, ४ घाइते

अपडेटः बझाङमा जीप दुर्घटना, मर्नेको संख्या ९ पुग्यो, ४ घाइते

केन्द्रबिन्दु
0
Shares

बझाङ । जीप दुर्घटनामा परी मर्नेको संख्या ९ पुगेको छ । सदरमुकाम चैनपुर नजिकैको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाउनेको संख्या ९ पुगेको हो ।

दुर्घटनामा परी ४ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन सकेको छैन । दुर्घटनाग्रस्त जीप भिरमा अड्किएकोले उद्दारमा कठिनाई भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसी सहितको टोली घटनास्थल तर्फ गएको छ । दुर्घटनाको एकिन कारण खुल्न सकेको छैन् । जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेको छ ।

बझाङमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

Logo