बझाङमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

बझाङमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बझाङ । जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम चैनपुर नजिकैको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको प्रहरीले जनाएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसी सहितको टोली घटनास्थल तर्फ गएको छ ।

Logo