पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणका लागि दवाव दिन शक्ति प्रदर्शन

पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणका लागि दवाव दिन शक्ति प्रदर्शन

केन्द्रबिन्दु
56
Shares

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणका लागि दवाव सिर्जना गर्दै शक्ति प्रदर्शन गरिएको छ ।

नागरिक समाजको तर्फबाट ५ सय एक सदस्यीय दबाव समूह निर्माण गरेर शनिबार शक्ति प्रदर्शन गरिएको हो । लिम्वू समुदायमा बजाइने च्याब्रुङ, लिम्वू बिजुवाहरुको झाँक्री, नौमती प्रस्तुत गर्दै नगर परिक्रमा गरिएको थियो । र्‍यालीमा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा लगायतका जनप्रतिनिधि पनि सहभागी थिए । प्रविधिको युगको विकास भइरहँदा यस्ता अवरोधहरु सिर्जना हुन नहुने र समझदारी कायम गर्नुपर्ने उनीहरुको भनाई छ ।

उद्योग वाणिज्य संघ, निर्माण ब्यवसायी संघ, होटल ब्यवसायी संघले निर्माणका लागि वातावरण बनाउन सरकारलाई यसअघिनै विज्ञप्ति मार्फत आग्रह गरेका छन् । केबलकार बनाउनका लागि फुङलिङ नगरपालिकाले अनुमति दिइसकेको छ ।

करिब १२ हजार फिट उचाइमा रहेको पाथीभरामा दर्शन र पूजाअर्चना गर्न जानेहरुको संख्या उल्लेख्य छ । नेपालका मात्र होइन, भारत र भुटानदेखिका श्रद्धालुहरु पाथीभरामा पुग्ने गरेका छन् । वर्षैभरि पाथीभरा जाने श्रद्धालुहरुको संख्या उल्लेख्य हुने गरेको छ । त्यहाँसम्म जान ठाडो उकालो बाटो हिँड्नुपर्ने हुन्छ । त्यसैले वृद्धवृद्धा र अशक्तहरुलाई पुग्न समस्या हुने गरेको छ । सामान्यतया ताप्लेजुङ सदरमुकाम फुङलिङबाट एक दिनको पैदल यात्रामा पाथीभरा धाम पुग्न सकिन्छ । पाथीभराबाट हिमशृङ्खला र पहाडी क्षेत्रको अवलोकन समेत गर्न सकिन्छ ।

तर, पाथीभरामा केबलबार बनाउने प्रक्रिया सुरु भएको खबर सार्वजनिक भएदेखि नै विरोध गर्दै आएका स्थानीय बासिन्दाले यसका विरुद्ध पटकपटक प्रदर्शन समेत गर्दै आएका छन् ।

Logo