श्रीमानको उपचारका लागि साढे तीन लाख जुटाउन चोरी

श्रीमानको उपचारका लागि साढे तीन लाख जुटाउन चोरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । श्रीमान दुई सातादेखि अस्पतालको बेडमा । सवारी दुर्घटनामा परेर उनको दुवै खुट्टा काट्नु परेको थियो । अस्पतालले साढे तीन लाख रुपैयाँ जम्मा गर्न भनेको थियो । आफुसँग एक पैसा पनि नभएपछि सुनसरीको इटहरी घर भएकी असमी खातुनले नयाँ आईडिया सोचिन् । त्यसको सुरुवात त्यतिबेलैबाट गरिन् । उनको आइडियो थियो पकेटारी गर्नु ।

टिचिङ अस्पताल नजिकै एक महिला उभिएकी थिईन् । ति महिलासँग पैसा भएको असमीले चाल पाईन् । त्यसपछि नजिकै भएर ति महिलाको ब्यागबाट पैसा झिकिन् । पैसा गन्दा १० हजार थियो । त्यसपछि पनि उनले त्यही बाटो अंगाल्दै अगाडि बढिन् । तर अन्तिम पटकको प्रयासमा भने उनी प्रहरी हिरासतमा परिन् ।

अरु सबैले घोसे मुन्टो लगाए उभिएपनि उनी भने निर्धक शिर ठाडो पारेर चोरी गरेको स्वीकार गरिरहेकी थिईन् । उनले चोरी गर्नुको कारण यसरी बताईन्, ‘श्रीमान दुई सातादेखि अस्पतालमा हुनुहुन्थ्यो। साढे तीन लाख रुपैयाँ चाहिएकाले उहाँको ज्यान जोगाउन चोरी गरेको हुँ ।’

उनीसँगै बच्चा पनि साथमै थियो । जसले गर्दा पनि प्रहरी उनको समस्याप्रति अलि सजग थियो । तर प्रहरी भने चोरीमा संलग्न हुनेहरु यस्तै प्रकारका विभिन्न बहाना बनाउने गरेकोमा बढी ढुक्क थियो । उनको समस्या सुन्नुभन्दा कानूनी कारवाहीको प्रक्रियामा अघि बढेको महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको भनाई छ ।

प्रहरीबाट बच्न धेरैले यस्तो बहाना गर्ने गरेको उनको भनाई छ । बच्चा हुँदा छुट होला भन्ने नाटक पनि गर्ने गरेको डीएसपी बोगटीको भनाई छ । उनीसँगै ४ महिला र ७८ पुरुष पक्राउ परेका छन् । प्रहरीले एक महिनाको अवधीमा सार्वजनिक यातायातमा चोरी गरेको आरोपमा पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले एक महिनायता स्वीप अप्रेशन चलाउँदै पकेटमार पक्राउ गरेको हो । उनीहरुले चोरीको क्रममा विभिन्न कोड भाषाको प्रयोग गर्दै आएका थिए ।

उपत्यकाबाट ८२ पाकेटमार पक्राउ, यस्तो छ उनीहरुको कोड भाषा

Logo