उपत्यकाबाट ८२ पाकेटमार पक्राउ, यस्तो छ उनीहरुको कोड भाषा

उपत्यकाबाट ८२ पाकेटमार पक्राउ, यस्तो छ उनीहरुको कोड भाषा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रहरीले उपत्यकाबाट ८२ पटेकमार पक्राउ गरेको छ । उपत्यकाको चक्रपथ रुटमा चल्ने सार्वजनिक बसमा लुटपाट गर्ने गिरोहका ८२ सदस्यलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४ जना महिला छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले एक महिनायता चलाएको स्वीप अपरेशनबाट उनीहरुलाई पक्राउ गरिएको हो । लालध्वाज जिम्वा यस अघि नौ पटकसम्म पक्राउ परेका अभियुक्त हुन् । पक्राउ मध्ये सौगाम मल्लले भने आफू प्रहरी निरीक्षक र प्रहरी हवल्दार भनेर पटेक मार्दै आएका थिए ।

उनीहरुले पाकेट मार्न कोड भाषा प्रयोग गर्दै आएका थिए । जस अनुसार उनीहरु पैसालाई द, मोवाईललाई कान, पाकेटमारी पीडित भएकालाई रामे, पाकेट मार्ने गिरोहका प्रमुखलाई काशी भन्ने गर्थे । त्यस्तै उनीहरु पैसा धेर छ भने टानको त पैसा थोरै छ जुटको द भन्ने गर्थे ।

गाडीलाई काँचा, केटालाई छापा, केटीलाई भद्री पुलिस आयो ठल्दाई आयो, ड्राइभरलाई माम, खलासीलाई मले भन्ने गर्थे । गाडीबाट झरेर भाग्न टप्की, गाडीबाट अघि सर्न अकल जा, गाडीबाट भित्र पछाडि सर भन्नलाई चिछल जा भन्ने गरेको प्रहरीले जनाएको छ ।

Logo