कञ्चनपुरमा जेसीबी र अटोरिक्सा ठोक्किँदा ३ जनाको मृत्यु

कञ्चनपुरमा जेसीबी र अटोरिक्सा ठोक्किँदा ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरमा जेसीबीले अटोरिक्सालाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । से १ त ७३३ नम्बरको जेसिबीले मे १ ह ७६३ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परी बैतडीको दशरथ चन्द नगरपालिका २ देहीमाण्डौंका ३८ वर्षीय किशनसिंह बोहरा, कास्की पोखरा पृथ्वीचोककी ३५ वर्षीया बिना रिजाल र भारतीय नागरिक ५८ वर्षीय तीलप्रसादको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा अटो चालक भीमदत्त नगरपालिका ११ का प्रेम थापा, कञ्चनपुरको बेल्डाडी गाउँपालिका ७ का २६ वर्षीय सन्तोस लुहार, मृतक किसनसिंह बोहराकी श्रीमती ३२ वर्षीया लक्ष्मी बोहरा र उनका ३ वर्षीय छोरा रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यस्तै, दुर्घटनाका बेला साइकलमा विद्यालय गइरहेका भीमदत्त नगरपालिका १० का जगदिश पार्की समेत घाइते भएको कञ्चनपुर प्रहरी प्रवक्ता ज्ञानबहादुर विष्टले जानकारी दिए।

शुक्रबार बिहान साढे सात बजेतिर पूर्वपश्चिम राजमार्गको महेन्द्रनगर गड्डाचौकी सडकखण्डअन्तर्गत भीमदत्त नगरपालिका ६ बनगाउँनजिक अटो रिक्सालाई विपरित दिशाबाट आइरहेको जेसिबीले ठक्‍कर दिँदा ३ जनाको घटनास्थलमै ज्यान गएको थियो।

Logo