हाइड्रोपावरको ड्याम खोल्दा नुहाउँदै गरेकी युवतीको मृत्यु

हाइड्रोपावरको ड्याम खोल्दा नुहाउँदै गरेकी युवतीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धादिङ । आँखुखोला हाइड्रोपावरको ड्याम खाल्दा नुहाउँदै गरेकी युवतीको ज्यान गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै दाङ घर भएकी १९ वर्षीया विपना भुसालको आँखुखोलाले बगाएर मृत्यु भएको हो । खोलाले बगाएर उनी बेपत्ता भएकी थिईन् ।

लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत विपना ‘प्राक्टिकल’ का लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी थिईन् ।

कलेजबाट उनी ‘प्राक्टिकल गर्न सल्यानटार प्राथामिक स्वास्थय केन्द्र मा ४५ दिनको लागि आएकी थिईन् । उनी ४५ दिन पुगेकै बेला खोलाले बगाएको हो ।

आँखुखोला हाइड्रोपावरले विनाजानकारी ड्याम खोलेपछि खोलामा रहेकी विपनालाई बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । आँखुखोला हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले भने स्थानीय प्रहरीलाई जानकारी गराएरै ड्याम खोलिएको बताए ।

Logo