देशभर शान्तिको कामनासहित मनाईयो ईद [भिडियाे]

देशभर शान्तिको कामनासहित मनाईयो ईद [भिडियाे]

केन्द्रबिन्दु
70
Shares

भैरहवा (रुपन्देही)। मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् । एक महिनासम्म बसेको रोजा सकुशल पुरा गरेकोमा त्यसैको धन्यवाद दिन ईद मनाउने गरिएको छ ।

रुपन्देहीको विभिन्न स्थानमा रहेको मस्जिद तथा ईदगाहहरुमा बिशेष कार्यक्रमको साथै नमाज पढी ईद मनाउन शुरु गरिएको छ । बिशेषगरी नेपालमा शान्तिको कामना लगायत देश सुखी र समृद्धिको कामना भैरहवामा नमाज पढ्नहरुले गरेका थिए । मौलाना गुलाम नवि निजामीका अनुसार एक महिना सम्म रोज पुरा गर्न शक्ति दिएकोमा र आपसमा खुशी साटासाट गर्नु नै इदको बिशेषता हो ।

अरबी पात्रो हिजरी सम्वतअनुसार दशौं महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ । विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशिर्वाद लिने तथा आफूभन्दा सानालाई आशिर्वाद दिने गरिन्छ ।

आशिर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ । रमजान महिनाभरि गरिबलाई सहयोग गर्ने र महिनाभरिको दिनलाई एक दिन धन्यवाद ज्ञापन गर्न तथा एक आपसमा शुभकामना आदानप्रदान गर्न ईद मनाउने गरिएको मुस्लिम अगु्वा फैज अहमदले बताए ।

पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ ‘कुरान’ मा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी गरिबलाई बाँडिन्छ । जसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ ।

Logo