सुर्खेतमा टिपरको ठक्करबाट पत्रकारको मृत्यु, ब्याक गरेर किचेको आरोप

सुर्खेतमा टिपरको ठक्करबाट पत्रकारको मृत्यु, ब्याक गरेर किचेको आरोप

केन्द्रबिन्दु
0
Shares

सुर्खेत । टिपरको ठक्करबाट सुर्खेतमा एक पत्रकारको मृत्यु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदेमा बा ५ ख १६८३ नम्बरको टिपरले ठक्कर दिँदा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव नन्दबहादुर गेलाङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमबाट आइरहेको टिपरले छिन्चुदेखि मेहलकुनातर्फ जाँदै गरेका पत्रकार गेलाङ्ग सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए।

आफ्नो साइडमा गईरहेको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा गेलाङ्ग सडकमा लडेका थिए । ठक्कर लगत्तै पुनः ब्याक गरेर किचेको स्थानीयको भनाई छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि पुनः ब्याक गरेर किचेको देखिएको छ ।

टिपर चालक भने फरार रहेका छन् । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । सुर्खेत पहिचान दैनिकका सम्पादकसमेत रहेका गेलाङ्ग पत्रिकाको काम विशेषले मेहलकुना जान लागेका थिए ।

Logo