दार्चुलामा शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु

दार्चुलामा शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दार्चुला । शौचालय भत्किँदा चार जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकी भास्सिदाँ चार बालबालिकाको मृत्यु भएको दार्चुला प्रहरी प्रमुख डिएसपी दिपेन्द्र शाहीले जानकारी दिए ।

मृत्यु हुनेमा ५ वर्षीया युनिका ठगुन्ना, अन्दाजी ७/८ वर्षीया निरुता ठगुन्ना, ८/९ वर्षीय सुदिश धामी र ९/१० वर्षीया अनुष्का धामी रहेका छन् । मंगलबार साँझ ४ बजेतिर विद्यालय बन्द रहेको समयमा खेलिरहेका बालबालिकाको मृत्यु भएको हो ।

भारी वर्षाका कारण घटनाबारे यकिन विवरण बाहिर आउन नसककेको डिएसपी शाहीले बताए । सिप्टी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली तथा स्थानीयहरुको संयुक्त प्रयासमा शव निकालिएको छ । वर्षाका कारण उद्धार प्रभावित बनेको डिएसपी शाहीको भनाई छ ।

Logo