गुठीयारमाथि बल प्रयोगको नैतिक जिम्मेवारी सरकारले लिन्छः गृहमन्त्री

गुठीयारमाथि बल प्रयोगको नैतिक जिम्मेवारी सरकारले लिन्छः गृहमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले माइतीघर मण्डलामा गुठीयारमाथि भएको प्रहरी बल प्रयोगबारे सरकारले छानबिन गर्ने बताएका छन् । उक्त बल प्रयोगको सरकारले नैतिक जिम्मा लिने भन्दै गृहमन्त्री थापाले बल प्रयोगको औचित्यबारे छानबिन गर्ने बताएका हुन् । उक्त घटनाको सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने प्रतिपक्षी कांग्रेसले माग गरेको थियो ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा उक्त घटनामा प्रहरीले बल प्रयोग गर्नु जायज भएको बताएका गृहमन्त्री थापाले ससदमा फेरि उठेका प्रश्नको जवाफ दिने क्रममा नैतिक जिम्मेवारी लिने बताएका हुन् ।

उनले घटनाको सरकार आफैले छानबिन गर्ने र त्यसमा दोषी भेटिए उनीहरुलाई कारवाही गर्ने बताए । उनले भने, घटनामा कमी कमजोरी भएको छ दुवै पक्षबाट । त्यसको सरकारले छानविन गर्दैछ। दोषीलाई कारवाही हुनेछ।’

उनले सरकार अधिनायकवादतर्फ नगएको दाबी गरे । बरु राज्य जनताको लोकतान्त्रिक अधिकार संरक्षणमा लागेको उनले दाबी गरे ।

Logo