ट्याक्सी किनिदिन्छु भन्दै १५ लाख ठगी गर्ने व्यक्ति पक्राउ

ट्याक्सी किनिदिन्छु भन्दै १५ लाख ठगी गर्ने व्यक्ति पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

ट्याक्सी खरिद गर्न मिलाई दिन्छु भनी १५ लाख रुपैयाँ ठगी गर्ने नुवाकोट तार्केश्‍वर गाउँपालिका ४ बस्ने ४४ वर्षीय राम वस्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

सोमनाथ भट्टराईले ट्याक्सी आवश्यक परेको भनी दैनिक पत्रिकामा बिज्ञापन दिएकोमा वस्तीले भट्टराईलाई फोन सम्पर्क गरी बोलाएर बा ३ ज ३८१० नम्बरको सेतो रङको ट्याक्सी देखाई मूल्य २२ लाख रुपैयाँ कायम गरेका थिए । जेठ ८ गते १५ लाख रुपैयाँ लिएर बाँकी ७ लाख रुपैयाँ गाडी पास गर्दा दिने भनी विश्वासमा पारी सम्पर्क बिहिन भएकोमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नुवाकोट तार्केश्‍वर गाउँपालिका ४ बाट पक्राउ गरेको हो ।

वस्तीलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।

Logo