हाइटीमा दुई नेपाली पुरुष बलात्कृत

हाइटीमा दुई नेपाली पुरुष बलात्कृत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । महिला, बालबालिका बलात्कारका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । आजभोली महिला, बालबालिका बलात्कृत भएका घटना नसुनिएको दिन छैन् ।

तर पुरुषद्वारा पुरुष नै बलात्कृत भएको सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको लागि अमेरिका जान भन्दै हिडेका दुई नेपाली हाइटीमा पुरुषबाटै बलात्कृत भएका हुन् । दलालले हाइटीमा ५२ दिनसम्म बन्धक बनाएर बलात्कार गरेका हुन् ।

नेपाल फर्किएसँगै उनीहरु न्यायको खोजीमा भौतारिरहेका छन् । बाग्लुङ र मोरङका दुई युवालाई हाइटीमा पाकिस्तानी र इजिप्टेली नागरिकले ५२ दिन बन्दी बनाएर बलात्कार गरेका हुन् ।

उनीहरुलाई पोखराका सन्तोष नाम बताउने सरोज गुरुङले अमेरिका पठाइदिने भन्दै हाइटीसम्म पुराएका थिए । हाइटीमा दुई महिना विदेशी नागरिकले कोठाबाट बाहिर निस्कन नदिइ बलात्कार गरेको उनीहरुको भनाई छ ।

उनीहरुलाई अमेरिका पठाउँछु भन्ने गुरुङ हाल ठगी मुद्दामा प्रहरीको फरार सूचीमा छन् । होटलमा बस्न थालेपछि पास्कितानी र इजिप्टका नागरिकले केटीहरुसँग गर्ने जस्तो व्यवहार गरेको उनीहरुको भनाई छ । नेपाली एजेन्टले जिम्मा लगाएका विदेशी समलिंगी भएको र आफुमाथि बलात्कार गरेको पीडितको गुनासो छ ।

Logo