गहुँ चुट्ने क्रममा थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

गहुँ चुट्ने क्रममा थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

केन्द्रबिन्दु
56
Shares

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आज गहुँ चुट्ने क्रममा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले गहुँ चुट्ने क्रममा थ्रेसरमा च्यापिएर भीमदत्त–९ का ४२ वर्षीया कौशादेवी जोशीको मृत्यु भएको जानकारी दिए । घटनापछि प्रहरीले ट्र्याक्टर र चालक पारस कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

“महिलाको शव शवपरीक्षणका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पु-याइएको छ”, प्रवक्ता जोशीले भने, “घटनाको थप अनुसन्धान भइरहेको छ ।”

Logo