पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु’ भन्ने विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । "/>

‘नाकको हड्डी भाँच्ने’ धम्की फिर्ता लिदैं मेयरले भने, ‘भ्रष्टहरुलाई छोड्दिन’

‘नाकको हड्डी भाँच्ने’ धम्की फिर्ता लिदैं मेयरले भने, ‘भ्रष्टहरुलाई छोड्दिन’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले ‘पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु’ भन्ने विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् ।

मेयर चौधरीले आइतबार विज्ञप्ति जारी गर्दै आवेगजन्य परिस्थितिका कारण आफूले त्यस्तो भन्न पुगेको स्पष्टिकरण दिँदै उक्त शब्द फिर्ता लिएका हुन् । उनले भनेका छन्, ‘मेरो भनाइहरुबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाई आघात गर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु ।’

उनले आफू उदण्ड नभई अनुशासित व्यक्ति भएको र सञ्चार जगतप्रति चोट पुर्‍याउने आफ्नो मनशाय नभएको बताएका छन् । मेयर चौधरीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको अभियान जारी रहेको र यसमा सञ्चार माध्यमको रचनात्मक भूमिका चाहिने बताए ।

इटहरीका मेयर उपस्थित कार्यक्रममा सहभागी नहुने पत्रकारको निर्णय

मेयरले छुट्याए ‘पत्रकारको नाक हड्डी भाँच्न’ एक करोड बजेट

Logo