८४ हजार युवाले दिए कोरिया जान भाषा परीक्षा

८४ हजार युवाले दिए कोरिया जान भाषा परीक्षा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ८४ हजार बढी युवाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगतको कोरियन भाषा परीक्षामा सहभागीता जनाएका छन् । शनिबार र आइतबारगरी दुई दिनसम्म चलेको परीक्षामा ८४ हजार २ सय १५ जना सहभागी भएका हुन् ।

९२ हजार ३५६ जनाले आवेदन दिएका थिए । तर ८ हजार १४१ जना अनुपस्थित रहे । अरुको नाममा परीक्षा दिन आएका १५६ जना परीक्षार्थी निष्कासित तथा पक्राउ परेको थिए ।

पक्राउ परेकामध्ये नक्कली परीक्षार्थीलाई सार्वजनिक मुद्दा चलाइने वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए ।आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा निर्धारण गरेको छ ।

जसमा उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली कोरिया जानेछन् । परीक्षाको नतिजा नतिजा असार १३ गते आउनेछ ।

Logo