हावाहुरीबाट मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले डेढ लाख दिने

हावाहुरीबाट मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले डेढ लाख दिने

केन्द्रबिन्दु
0
Shares

धनगढी । गत बिहीबार आएको हावाहुरीबाट मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही डेढ लाख रुपैयाँ राहत दिने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले हावाहुरीमा परी ज्यान गुमाएकाका परिवारलाई राहत स्वरुप प्रति परिवार एकलाख पचास हजार दिने निर्णय गरिएको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी दिए ।

प्रदेश सरकारले हावाहुरीका कारण पूर्ण क्षति पुगेका परिवारलाई क्षतिपुर्तिस्वरुप २० हजारका दरले राहत दिने तथा आशिंक क्षति भएका परिवारलाई १० हजार राहत दिने निर्णय पनि गरेको छ ।

त्यस्तै पशुपंक्षी, कृषिलगायतका अन्य क्षेत्रमा भएको क्षतिको अध्ययन गरी मापदण्ड बनाएर सम्बन्धित मन्त्रालयले राहत वितरण गर्ने निर्णय भएको पनि मन्त्री शाहले बताए ।

प्रदेश सरकारले विभिन्न संघसंस्थाबाट आउने राहत मुख्यमन्त्री राहत कोष मार्फत वितरण गर्ने निर्णय समेत गरेको छ । गत बिहीबार साँझ हावाहुरी आउँदा कैलालीमा दुई जनाको मृत्यु भएको थियो भने सयौँ घरमा क्षति भएको छ ।

Logo