यी ४ पुरुषप्रति महिलाको प्रेम सधै ‘क्लोज’

यी ४ पुरुषप्रति महिलाको प्रेम सधै ‘क्लोज’

केन्द्रबिन्दु
0
Shares

प्रेममा मिलन मात्रै हुन्छ भन्ने छैन, विछोड पनि सक्छ । तर, विछोड हुनुको कारण तपाइँ आफै पनि हुन् सक्छ । आज हामी त्यस्ता ४ पुरुषको बारेमा कुरा गर्दैछौ । जसको व्यबहारले गर्दा ऊसंग सम्बन्ध गाँसेका हरेक महिला सदैब ‘क्लोज’ रहन्छिन्।

सुरक्षाको महशुस

जो पति या प्रेमी आफ्नो साथीलाई सुरक्षाको महशुष गराउँछन् उनीहरु प्रेमको मामलामा कहिल्यै हार्दैनन् । यस्तो पनि भनिन्छ कि, हरेक स्त्री आफ्नो पतिमा आफ्नो पिताको छायाँ देख्छिन् । यदि तपाई उनीसँग सुरक्षात्मक व्यवहार गर्नुहुन्छ भने उनी निश्चिन्त भएर तपाईको साथमा रहनेछिन् ।

स्त्रीलाई सम्मान 

यस्ता पुरुष जो सधैं स्त्रीलाई सम्मानको नजरबाट देख्छन् । प्रेमिका होउन् या पत्नी, यदि उनलाई सम्मान दिन्छन्, उनको महत्वलाई सम्झिछन् भने त्यस्ता पुरुषको सम्बन्ध कहिल्यै टुट्दैन ।

परस्त्रीगमन

यो गुण सबैभन्दा सर्वोपरी हो, जो पुरुष आफ्नी प्रेमिका या पत्नीको अलावा कुनै पनि अन्य स्त्रीलाई वासनाको नजरले हेर्दैनन्, कुनै पनि पराई स्त्रीप्रति आकर्षित हुँदैनन् , उनी आफ्नो सम्बन्धलाई जोगाउन हरेक अवस्थामा तयार हुन्छन् । र, सक्षम पनि हुन्छन् ।

शारीरिक सुख

वैवाहिक सम्बन्धमा शारीरिक शुख र सन्तुष्टिको आवश्यकता पर्छ । यसकारण जो पुरुषले भौतिक र भावनात्मक सुखसँगै आफ्नो जीवनसाथीलाई शारीरिक सुख र सन्तुष्टि प्रदान गर्छन्, उनकी पत्नी तथा प्रेमिका सधैं पसन्न रहन्छिन् ।

Logo