भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही रिहा

भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही रिहा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पत्रकारलाई अपशब्द बोलेको आरोपमा पक्राउ परेका ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् । बन्दी प्रत्यक्षिकरणको मुद्दा अन्र्तगत सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो । न्यायधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिहा गर्न आदेश दिएका हुन् ।

भ्रष्टाचारविरुद्धको अभियन्ता भन्दै सार्वजनिक रुपमा गालीगलौच गर्दै पत्रकारलाई ‘दलाल र कुकुर’ भन्दै गाली गरेको आरोपमा प्रहरीले शाहीलाई सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको थियो ।

शाहीले वैशाख १८ गते सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित नभएको भन्दै एक अन्तर्वार्तामा पत्रकारलाई गाली गरेका थिए । पत्रकारलाई तथानाम गाली गरेको भन्दै पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाले शाहीविरूद्ध उजुरी गरेको थियो ।

महासंघको उजुरीपछि प्रहरीले शाहीलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेको थियो । पक्राउ परेका शाहीलाई प्रहरीले हिरासमा चरम यातना दिएको भन्दै चर्को आलोचना भएको थियो । राष्ट्रिय मानवअधिकार आयोगले पनि शाहीमाथि प्रहरीले कुटपिट गरेर घाइते बनाएको निष्कर्ष निकालेको थियो ।

आयोगको प्रारम्भिक अनुगमनका क्रममा प्रहरीको कुटाइबाट शाहीको खुट्टामा चोट लागेको र उनलाई पक्राउ बिनापूर्जी गरेको पाइएको थियो । शाहीको प्रभावकारी स्वास्थ्य उपचार गर्न र घरपरिवारलाई भेटघाटको व्यवस्था मिलान आयोगले सरकारको ध्यानाकर्षण गराएको थियो ।

यातना दिएको उजुरी परेपछि आयोगले १७ गते घटनाको अनुगमन गरेको थियो । तर, कर्णाली प्रदेश प्रहरी कार्यालयले भने पत्रकार सम्मेलन गरी शाहीलाई हिरासतमै नराखेको जनाएको थियो ।

ज्ञानेन्द्र शाहीबारे बल्ल बोल्यो मानवअधिकार आयोग

Logo