प्रहरीले गोली हानेर लुटेरा समात्यो

प्रहरीले गोली हानेर लुटेरा समात्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रहरीले डकैती मुद्दाका फरा अभियुक्तलाई गोली हानेर नियन्त्रणमा लिएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार अभियुक्त छिरिङ तामाङलाई गोली हानेर नियन्त्रणमा लिएको हो । तामाङको खुट्टामा गोली लागेको छ ।

बौद्धको अत्तरखेलमा डकैती मुद्दामा उनी फरार थिए । हतियार देखाएर लुटपाट गर्ने समूहका ४ जना पक्राउ परेका थिए । तामाङ भने फरार थिए । उनलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि जाइलाग्न खोजेपछि दाहिने खुट्टामा दुई राउण्ड गोली हानिएको थापाले बताए । उनको वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । तामाङको लुटेरा समूहले उपत्यकाका सुन पसल, मनी एक्सेञ्ज लगायत वित्तिय संस्थामा हातहतियार तथा खुकुरी देखाएर लुटपाट गर्दै आएको थियो ।

यो समूहले ४ जेठमा जोरपाटीस्थित भिमेश्वर सुन चाँदी पसलमा लुटपाट गरेको थियो । खुकुरी र फलामको रडसहित हतियार लिएर सञ्चालकलाई बन्धक बनाइ उनीहरुले काउन्टरमा रहेको नगद ८० हजार रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।

समूूहका धराने भनिने नितेस तामाङ, मुन्द्र भनिने अजय घ्यावा तामाङ, बाहुन भनिने रुपेश चौंलागाई र जिग्री भनिने मकवानपुरका भिमराज थिंङ यसअघि नै पक्राउ परेका थिए । उनीहरु तिनै जनाले अपराध स्वीकार गरेको एसएसपी थापाको भनाई छ ।

Logo