बिहीबार शुदूरपश्चिममा आएको हावाहुरी उत्तरतिर लाग्यो

बिहीबार शुदूरपश्चिममा आएको हावाहुरी उत्तरतिर लाग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बिहीबार साँझ हावाहुरी आउँदा कैलाली र कञ्चनपुरमा मानवीयसँगै भौतिक क्षति गरेको छ । कैलालीमा २ जनाको ज्यान गएको छ भने ७७ जना घाइते भएका छन् । त्यस्तै कञ्चनपुरमा २५ जना घाइते भएको सम्बन्धित जिल्लाको प्रहरीले जनाएको छ ।

९६ किलोमिटर प्रतिघण्टाको गतिमा आएको हावाहुरी विस्तारै उत्तरतर्फ सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट उत्पन्न भएको हावाहुरी विस्तारै मध्यहुँदै उत्तरतर्फ सर्दै गएकाले तत्लकाललाई पुर्बी भूभागमा हावाहुरीको सम्भावना कम रहेको महाशाखाले जनाएको छ ।

उत्तरतर्फ कम हुँदै गएकाले पूर्वी भूभागमा हावाहुरी र मेघ गर्जनको सम्भावना कम रहेको मौसमविद्हरुले जनाएको छ । हावाहुरीको संम्भावना कम रहेपनि बदली भने मौसमव्दि विभुति पोखरेलले जानकारी दिईन् ।

महाखाशाले उक्त हावाहुरी विस्तारै तराईका जिल्ला हुँदै पर्वतर्फ जाने अनुमान गरेको थियो । तर मध्य नेपालहुँदै हावाहुरी काठमाडौंतिर लागेको थियो । काठमाडौंबाट हिमालतिर गएको पोखरेलको भनाई छ ।

आज फेरि पूर्वी नेपाल र राजधानी आसपासमा हावाहुरीको सम्भावना रहेको छ । ‘यो हावाहुरीले पूर्वी नेपालमा भएको न्यूनचापीय प्रणालीलाई हटाएको छैन। आज दिउँसो पनि मध्य तथा पूर्वी नेपालमा हावाहुरीको सम्भावना छ,’ मौसमविद् पोखरेलले भनिन्।

कसरी आयो हावाहुरी ?
नेपालमा वैशाख-जेठ प्रिमनसुनको समय हो। यति बेला अपरान्हसम्म घाम लागेर सतहका जलवाष्पमा माथि जान्छन्। अपरान्हपछि बादल बन्छ। माथि चिसो र सतहमा तातो हावा भएपछि हावाहुरी चल्छ। कहिलेकाहीँ असिना र पानी पनिसँगै पर्छ। तर केही दिन यता यो स्थानीय प्रणालीमा पूर्वी र मध्यभागमा बनेको न्यूनचापीय रेखाले साथ दिँदा काठमाडौं आसपासमा दिनहुँजसो पानी परिरहेको थियो ।

यसको प्रभाव पश्चिम नेपालमा भने थिएन । धनगढीमा त अघिल्लो साता तापक्रम ४० डिग्री नाघेको थियो। केही दिनअघि भने धनगढी दक्षिणतर्फ पनि न्यूनचापीय रेखा बनेको थियो। राजस्थानसम्म प्रभाव पार्ने गरी बनेको उक्त प्रणालीमा बिहीबार साँझ पश्चिमी वायु मिसियो। त्यसले ठूलो हावाहुरी ल्यायो । त्यसको प्रभावले पूर्वतिर सर्दै गयो ।

के अब मौसम सक्रिय भएको हो ?
गत वर्ष जुन ८ बाट मनसुन सक्रिय भएको थियो। तर यस पटक भने केही ढिलो मनसुन सक्रिय हुने अर्का मौसमविद् वरुण पौड्यालले जानकारी दिए । ‘अहिले देशका विभिन्न भागमा भइरहेको वर्षा भने मनसुन होइन। यो प्रि मनसुन मात्र सक्रिय भएको हो। अहिले नै मनसुन सक्रिय हुने देखिँदैन्’ उनले भने।

Logo