कञ्चनपुर हुरी वितण्डाः २५ जना घाइते, ७ जना रिफर, क्षतिको यस्तो छ अवस्था

कञ्चनपुर हुरी वितण्डाः २५ जना घाइते, ७ जना रिफर, क्षतिको यस्तो छ अवस्था

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । बिहीबार साँझ आएको हावाहुरीका कारण कञ्चनपुरमा २५ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनालाई नेपालगञ्ज रिफर गरिएको छ । अहिलेसम्म १५० भन्दा बढी घरमा क्षति पुर्‍याएको विवरण आएको प्रहरीले जनाएको छ ।

बाँकी विवरण संकलनको क्रम जारी रहेकाले साँझसम्म यकिन विवरण बाहिर आउने कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी ज्ञान बहादुर सेठीले जानकारी दिए ।

हावाहुरीले भीमदत्त नगरपालिका र वेदकोट नगरपालिमा बढी क्षति पुर्‍याएको छ । विद्युतको पोलहरु ढल्नुका साथै धेरै घरका छाना उडाएको छ । कैयौका घरको जस्ता पाता उडाएको छ भने धेरैका पर्खाल भत्केका छन् ।

यसैगरी विभिन्न ठाउँ ठाउँमा विजुलीका पोल र रुखहरु ढलेर सडक र विद्युत अवरुद्ध भएको छ । हावाहुरीसँगै आएको पानीले अधिकांश घरमा क्षति पुर्‍याएको छ । स्थानीय राजनीतिक दल, विभिन्न संघसंस्था, प्रहरी प्रशासन सबै उद्धारमा लागेका छन् ।

सम्बन्धित थप समाचार

कैलाली हुरी वितण्डः २ जनाको मृत्यु, ७७ घाइते, विद्युत आपूर्ति ठप्प

कैलाली र कंचनपुरमा हावाहुरीका कारण मृत्यु हुनेको संख्या २ पुग्यो

सुदूरपश्चिम प्रदेशमा भिषण हावाहुरी : एकजनाको मृत्यु , ३७ घाइते

कैलाली हुरी वितण्डः २ जनाको मृत्यु, ७७ घाइते, विद्युत आपूर्ति ठप्प

Logo