कैलाली हुरी वितण्डः २ जनाको मृत्यु, ७७ घाइते, विद्युत आपूर्ति ठप्प

कैलाली हुरी वितण्डः २ जनाको मृत्यु, ७७ घाइते, विद्युत आपूर्ति ठप्प

केन्द्रबिन्दु
0
Shares

कैलाली । बिहीबार साँझ आएको हावाहुरीका कारण कैलालीमा २ जनाले ज्यान गुमाएका छन् । विभिन्न ठाउँमा ७७ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनालाई नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । ६७ जना उपचारपछि घर फर्किसकेका छन् ।

हावाहुरीका कारण विद्युत आपूर्ति ठप्प छ । अत्तरियामा रहेको प्राधिकरणको कार्यालयमा हावाहुरीले क्षति पुर्‍याएपछि विद्युत आपूर्ति नै बन्द भएको हो । विभिन्न ठाउँमा विद्युतका पोलहरु ढलेकाले व्यवस्थापनको कार्य जारी रहेको विद्युत प्राधिकरणले जनाएको छ ।

हावाहुरीबाट गोदावरीका वीरबहादुर चौधरी र टीकापुरका लहान चौधरीको ज्यान गएको कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले जानकारी दिए ।

चौधरीको हावाहुरीका बेला मोटरसाइकल चलाउने क्रममा टिपरले ठोक्किँदा मुत्यु भएको हो भने डंगौराको कुखुरा फार्ममा रहेको पर्खाल भत्किँदा मृत्यु भएको हो ।

चौधरीलाई पूर्वबाट पश्चित गईरहेको बा३प ३८३६ नम्बरको टिपरले से१प ५८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक चौधरीको मृत्यु भएको एसपी गिरीको भनाई छ ।

हावाहुरीले धनगढी उपमहानगरपालिका–१ मा रहेको मुक्त कमैया शिविरमा बढी क्षति पुर्‍याएको छ । शिविरमा रहेका घरको छाना हावाहुरीले उडाएको छ भने ५० घरधरी रहेको मुक्त कमैयाहरुको उठिबास भएको छ ।

Logo