नेपाल स्काउटको ऐतिहासिक ‘रोभर मुट’ कार्यक्रम सकियो

नेपाल स्काउटको ऐतिहासिक ‘रोभर मुट’ कार्यक्रम सकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल स्काउटको ऐतिहासिक ‘रोभर मुट’ कार्यक्रम सम्पन्न भएको छ । ‘समृद्धिका लागि सहकार्य’ भन्ने नारासहित आयोजित कार्यक्रमको नेपाल स्काउटका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले समुद्घाटन गरेका थिए ।

युवायुवतीहरुको शारिरिक, बौद्धिक, सामाजिक तथा संवेगात्मक पक्षहरुको विकास गर्ने मुख्य उद्धेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो । ७ प्रदेशका ७५३ स्थानीय तहका युवायुवतीहरुको सहभागिता रहने कार्यक्रम सफल बनाउन युवा तथा खेलकुदमन्त्री जगत बहादुर बिश्वकमाको संयोजकत्वमा २०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको थियो ।

पाँच दिनसम्म चलेको कार्यक्रममा नेपालबाट ४ हजार ५ सय जना सहभागि हुनुका साथै भारत, ताइवान, बंगलादेश, फिलिपिन्स, जोर्डन, अमेरिका, बेलायत, मलेसिया, थाईल्याण्ड, इजिप्त, ताइवान, युगाण्डा, लग्जमवर्गलगायतका मुलुकहरुबाट ५ सय जना सहभागि भएका थिए ।

कार्यक्रममा रोप क्लाईम्बिङ, ओमेगा जम्प, नेट क्रलिङ, ब्यालेन्सिङ बडी, स्विङ बोर्ड, रोप क्रसिङ, टाइगर जम्प, ब्याम्बो वाल्क, टायर वाल, आर्चरी, साईक्लिङलगायतका कार्यक्रमहरु आयोजना गरिएको थियो ।

यसका साथै करियर काउन्सिलिङ, प्यानल डिस्कसन, युथ फोरम लगायतका कार्यक्रमहरु पनि भएको थियो । कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती समेत रहेको थियो ।

Logo