५ वर्षीया बालिका बलात्कार गर्ने १२ वर्षका बालकलाई १ वर्ष कैद

५ वर्षीया बालिका बलात्कार गर्ने १२ वर्षका बालकलाई १ वर्ष कैद

केन्द्रबिन्दु
0
Shares

उदयपुर । ५ वर्षीया बालिकालाई बलात्कारको प्रयास गर्ने एक १२ वर्षका बालकलाई एक वर्षको जेल सजाय तोकिएको छ । बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरका १२ वर्षीय बालकलाई जिल्ला अदालतले १ वर्ष कैद फैसला सुनाएको हो । जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले बालकलाई १ वर्ष कैद र क्षतिपूर्ति वापत ५० हजार जरिवानाको फैसला सुनाएको हो।

कसुरदार नाबालक रहेकाले बालबालिका ऐनअनुसार उमेर पुगेकाको हकको आधा सजाय हुने व्यवस्था अनुरुप यस्तो फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए । उमेर पुगेको भए दुई वर्ष कैद हुने थियो तर बालक नै ठहरिएकाले आधा सजाय तोकिएको उनले बताए । कसुरदारले ०७५ फागुन १८ गते बलात्कारको प्रयास गरेको भन्दै पीडित परिवारले सोही दिन प्रहरीमा उजुरी दिएका थिए ।

घटनालगत्तै फरार रहेका ति बालकलाई प्रहरीले फागुन १९ गते पक्राउ गरेको थियो। घटनाको अनुसन्धानबाट कारवाही हुने देखिएपछि अदालतले फागुन ३० गते उनलाई पुर्पक्षका लागि बाल सुधार गृह बिराटनगर पठाउने आदेश दिएको थियो। उनलाई अदालतले ०७६ जेठ २० गते कसुर ठहर गर्दै जेठ २० मा सजाय निर्धारणका लागि पुनः पेश गर्न आदेश दिएको थियो।

Logo