कलंकी-सातदोबाटो-कोटेश्वर सडकमा सवारी गतिको सीमा तोकियो

कलंकी-सातदोबाटो-कोटेश्वर सडकमा सवारी गतिको सीमा तोकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विस्तारित चक्रपथको कलंकी-सातदोबाटो कोटेश्वर खण्डको गतिको सीमा तोकिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टाको दूरी तय गरेको हो ।

चक्रपथ विस्तारपछि यो खण्ड अत्यधिक दुर्घटनाग्रस्त क्षेत्र बन्दै आएको छ । त्यसैले यो खण्डका मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टाको दूरीमा मात्र चलाउन पाइने भएको हो ।

यस्तै सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको गतिमा मात्र चलाउन पाइनेछ । यो नियम कार्यान्वयनका लागि महाशाखाले प्रविधिको प्रयोग गरेर गति नाप्न सुरु गरेको छ ।

यदि तोकिएभन्दा बढी गतिमा सवारी चलाएको पाइए नियन्त्रणमा लिएर कारवाही गरिनेछ । शुक्रबार मात्र धोबीघाटमा उच्च गतिमा आएका मोटरसाइकल र स्करपियो ठोक्किएर दुर्घटना हुँदा दुई पत्रकारको ज्यान गएको थियो । यो खण्डमा दुर्घटनाको संख्या बढेपछि गति सीमित गर्न सीमा तोकिएको महाशाखाले जनाएको छ ।

Logo