सानेपामा भयानक सवारी दुर्घटना, पत्रकारसहित दुई जनाको मृत्‍यु

सानेपामा भयानक सवारी दुर्घटना, पत्रकारसहित दुई जनाको मृत्‍यु

केन्द्रबिन्दु
0
Shares

ललितपुर । सानेपामा सवारी दुर्घटनामा परी एक पत्रकारसहित २ जनाको मृत्यु भएको छ । सानेपाको नयाँ बाटोमा तीनवटा जीप र एक मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परेर गोदावरी निवासी गोविन्दप्रसाद शर्मा र नुवाकोटका चन्द्रमणि मूडभरी रहेको प्रहरीले जनाएको छ । शर्मा नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष हुन् ।

कोटेश्वरबाट बल्खुतर्फ आउँदै गरेको स्कर्पियो गाडीले बल्खुबाट कोटेश्वरतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते दुवै जनालाई प्रहरीले तत्कालै मेगा अस्पताल पुर्‍याएको थियो । तर मेगामा उपचार सम्भभव नभएपछि थापाथलीस्थित नर्भिक अस्पताल ल्याईएको थियो । लगत्तै नर्भिकले दुवै जनालाई मृत घोषणा गरेको हो ।

Logo