अब मन्दिरको पूजारी बन्न सरुवा रोग नलागेको हुनुपर्ने

अब मन्दिरको पूजारी बन्न सरुवा रोग नलागेको हुनुपर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अहिलेसम्म मन्दिरहरुको पूजारी बन्न कुनै पनि योग्यता तोकिएको छैन् । न त कुनै आधिकारिक मापदण्ड नै छ । तर अब भने जो कोहीले पनि पूजारी बन्न नपाउने भएका छन् । त्यसको लागि मापदण्ड तोक्ने तयारी थालिएको छ ।

सरकारले संघीय संसदमा प्रस्ताव गरेको गुठी सम्बन्धी कानूनलाई एकीकृत र संशोधन गर्न बनेको विधेयकमा त्यसबारे न्यूनतम मापदण्ड बनाएको हो । पूजारी तथा कामदारको नियुक्तिको न्यूनतम योग्यता तोकिएको हो । यो अहिले संसदको राष्ट्रिय सभामा दर्ता गरिएको छ ।

सो विधेयकको दफा ३३ मा पूजारी तथा कामदारको नियुक्ति सम्बन्धी व्यवस्था गरिएको छ । जसको उपदफा १ मा धार्मिकस्थल व्यवस्थापन समितिले धार्मिकस्थलको पूजारी तथा धार्मिक कृत्य गर्ने कामदार नियुक्ति गर्न सक्ने उल्लेख छ । त्यसैको उपदफा २ मा उपदफा (१) बमोजिम पूजारी तथा धार्मिक कृत्य गर्ने कामदार नियुक्ति गर्दा धार्मिकस्थलको आगममा आधारित भएर गर्नुपर्ने उल्लेख छ ।

अर्कोतर्फ सोही दफाको तेस्रो उपदफाले उपदफा (२) बमोजिम नियुक्ति गर्दा धार्मिकस्थलको आगम, परम्परा र प्रथाको बारेमा ज्ञान भएको व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ भने चौथो उपदफामा धार्मिकस्थलको पूजारी हुन सामान्यतयाः देहाय बमोजिमको योग्यता पूरा भएको हुनुपर्ने उल्लेख छ ।

त्यस्तै सोही दफाको तेस्रो उपदफाले उपदफा (२) बमोजिम नियुक्ति गर्दा धार्मिकस्थलको आगम, परम्परा र प्रथाको बारेमा ज्ञान भएको व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ भने चौथो उपदफामा धार्मिकस्थलको पूजारी हुन सामान्यतयाः देहाय बमोजिमको योग्यता पूरा भएको हुनुपर्ने उल्लेख छ ।

(क) धार्मिकस्थलको आगम अनुसार पूजा आदिका मन्त्र र श्लोकपाठ गर्न सक्ने,
(ख) असल चरित्र र आचरण भएको,
(ग) सप्तव्यसनबाट मुक्त,
(घ) सरुवा रोगले ग्रस्त नभएको,

Logo