महाकाली अस्पतालको स्तरोन्नतिका लागि सिडिओलाई ज्ञापनपत्र

महाकाली अस्पतालको स्तरोन्नतिका लागि सिडिओलाई ज्ञापनपत्र

केन्द्रबिन्दु
0
Shares

  • कृष्णसिंह धामी ।

महाकाली अञ्चल अस्पतालको विकास र स्तरोन्नतिको लागि भन्दै सामाजिक संस्था युवाहरुको आवाज समूह (युथ भ्वाईस) ले दबाबमुलक कार्यक्रम सञ्चालन गरिरहेको छ । महाकाली अञ्चल अस्पताल स्तरोन्नति अभियान सञ्चालन गर्दै आएको युथ भ्वाईसले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

२०४५ सालमा स्थापना भएको अञ्चल अस्पतालमा दरबन्दी अनुसार डाक्टर नहुँदा दैनिक हजारौं बिरामी उपचारका लागि अन्यत्र धाईरहेका छन् । तिनै समस्याको समाधानको माग गर्दै युथ भ्वाईसले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

अस्पताल स्थापना भएको तीन दशक वितिसक्दा पनि दरवन्दी अनुसार डाक्टर नहुनु, आईसीयू, ईसीजी, अल्ट्रासाउण्डजस्ता जस्ता थुप्रै विशेष सुविधाहरु सञ्चालनमा नआउँदा कञ्चनपुरबासीहरु उचित स्वास्थ्य सेवाबाट बञ्चित भईरहेको युथ भ्वाईसको ठहर छ ।

अञ्चल अस्पताल स्तरोन्नति र सुविधा सम्पन्न बनाउनका निम्ति पहल गरिदिन सिडिओसँग माग गरिएको छ । साथै सिडिओलाई आफैं अस्पतालमा अनुगमन गरेर सम्बन्धित माथिल्लो निकायलाई ध्यानाकर्षण गराईदिन समेत अनुरोध गरिएको छ । युथ भ्वाईसले अञ्चल अस्पताल सुधारको लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।

Logo