सरकारको पत्रकार सम्मेलन होटलबाट अर्थ मन्त्रालयमा सर्‍यो

सरकारको पत्रकार सम्मेलन होटलबाट अर्थ मन्त्रालयमा सर्‍यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले एक साताको मन्त्रिपरिषद् निर्णयहरु आज सार्वजनिक गर्दैछ । पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिन लागिएको हो । उक्त निर्णयहरु सार्वजनिक गर्न सरकारले सुरुमा कुपण्डोलस्थित हिमालय होटललाई स्थान तोकेको थियो ।

पत्रकार सम्मेलनको लागि पनि होटल स्थान तोकिएपछि चर्को विरोध भयो । जसका कारण सरकार प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले तुरुन्तै ठाउँ परिवर्तन गरेका छन् । अब अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन हुनेछ ।

मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत पत्रकार सम्मेलन दिउँसो ४ बजे हिमालय होटल पुल्चोक ललिपुरमा हुने बताएका थिए ।

बिरोध आएपछि उक्त पोष्ट नै हटाएर पुन नयाँ पोष्ट गर्दै अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन हुने जानकारी गराएका हुन् । उक्त पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटासँगै अर्थमन्त्री युवराज खतिवडा पनि सहभागि हुनेछन् ।

मन्त्रिपरिषदको निर्णय हिमालय होटलबाट सार्वजनिक गरिंदै

Logo