सभ्यताको प्रतिकः लाईन लागेर गाडी चढ्ने

सभ्यताको प्रतिकः लाईन लागेर गाडी चढ्ने

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी ।

काठमाडौं । माथिको तस्बिर हेर्दा तपाईको मनमा के खेलायो ? तपाईले सोच्नु भएको होला यहाँ केहि पाईदैछ, त्यही भएर लाईनमा बसेका हुन् । तर तपाईको सोचाई गलत हुनपुग्यो । त्यसो हो भने आखिर किन मानिसहरु लाईन लागेका हुन् त ? यसको उत्तर खोज्न धेरै टाढा जानुपर्दैन् । यदि तपाई काठमाडौंमा बस्नुहुन्छ भने एकपटक रत्नपार्क गए पुग्छ ।

यो लाईन सवारी चढ्न लाईनमा बसेका यात्रुहरुको हो । अब तपाईलाई फेरि अचम्म लाग्यो होला । किनकी तपाई हामी सवारी चढ्दा त कहिल्यै पनि यसरी लाईनमा बसेनौं । तर रत्नपार्कबाट बानियाँटार जान सबैले यस्तै लाईनमा बस्नै पर्छ । यो त यात्रुहरु आफैंले बनाएको नियम हो ।

यात्रुहरुको चाप बढि हुँदा सबै यात्रुहरु यसरी नै लाईनमा बसेर गाडीको प्रतिक्षामा हुन्छन् । र गाडी आएपछि आफ्नो पालो अनुसार चढेर गन्तव्यमा जान्छन् । फेरि बानियाँटारबाट रत्नपार्क आउँदा पनि त्यस्तै लाईनमै बसेर गाडि चढ्नुपर्ने हुन्छ । यो कुनै प्रहरी प्रशासन, कुनै संघसंस्थाले बनाएको नियम होईन्, यात्रु स्वयमले यो नियम बनाएर पालना गरेका हुन् ।

यो नियमबाट सबैलाई सहज रुपमा आफ्नो गन्तव्यमा पुग्न सजिलो हुने एक यात्रु मदन भण्डारीको भनाई छ । जुम्लाबाट काठमाडौं पढ्न आएका उनलाई यो नियमले एकदमै खुशी बनाएको छ । उनी भन्छन्, ‘यसरी नै सबैठाउँमा लाईन लागेर यात्रा गर्नेहो भने एकदमै सहज हुन्छ ।’

यो रुटमा माईक्रोबस मात्र चल्छन् । बाटो साघुरो हुँदा ठूला सवारी चलाउन नसकिएको यातायात व्यवसायीको भनाई छ । जसले गर्दा सबै यात्रु माईक्रोको भर पर्दै आएका छन् । अब सडक विस्तार भईरहेको हुँदा यात्रुहरुलाई सहज हुने भण्डारीको भनाई छ । यो एकातिर सभ्यताको प्रतिक हो भने अर्कोतिर यात्रुहरुको सहजता हो ।

लाईनमा बस्दा अपाङ्ग, अशक्त, बृद्धबृद्धा जस्तालाई विशेष प्राथमिकता दिईन्छ । अरु सबैले यहि नियमको पालना गर्दै आएको अर्का यात्रु देवाराज ढकालको भनाई छ । ‘यो रुटमा चल्ने सवारी एकदम कम छन् । अरु ठाउँको जस्तै गरेर तछाड मछाड गर्ने हो भने बलियो व्यक्ति सहज रुपमै आफ्नो गन्तव्यमा पुग्न सक्छ । तर कमजोर व्यक्तिलाई एकदमै असहज हुन्छ । त्यसैले यो नियम सबैका लागि बराबरी जस्तै छ’ ढकाल भन्छन् ।

यो रुटमा करिब १५ देखि २० वटा माईक्रो मात्र चल्छन् । यात्रुहरु चाप भने अत्यधिक हुन्छ । बसहरु सञ्चालन गर्न बाटोले साथ दिँदैन् । जसले गर्दा पनि यात्रुहरु माईक्रोकै भर पर्नुपरेको छ । बिहान बानियाँटार र बेलुका रत्नपार्कमा यात्रुहरुको धेरै भिड हुन्छ ।

बिहानको समयमा रत्नपार्कतिर आफ्नो कामको लागि आउने हुँदा बानियाँटारमा भिड र बेलुका घर फर्किने हुँदा रत्नपार्कमा यात्रुको भिड हुन्छ । त्यही भिडलाई व्यवस्थित गरेर सबै यात्रुलाई सहज रुपमा आफ्नो गन्तव्यमा पुर्‍याउन यो नियम एकदमै राम्रो भएको यात्रुहरुको भनाई छ ।

Logo