लोक सेवा आयोगले स्थानीय तहमा ९१६१ कर्मचारीको विज्ञापन खोल्यो

लोक सेवा आयोगले स्थानीय तहमा ९१६१ कर्मचारीको विज्ञापन खोल्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका लागि नयाँ विज्ञापन प्रकाशित गरेको छ । स्थानीय तहको आग्रहमा आयोगले ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको हो हो । संघीय लोक सेवा आयोगले प्राविधिक र अप्राविधिक तर्फ चौथो, पाँचौ र छैठौं तहका कर्मचारी भर्ना गर्न विज्ञापन खोलेको हो ।

सबैभन्दा धेरै महोत्तरीको जलेश्वर कार्यालयबाट १ हजार ३ सय १ जना कर्मचारी मागिएको छ । जलेश्वर कार्यालयले इन्जिनियरिङतर्फ मात्रै ५ सय कर्मचारी माग गरेको छ ।

असार ३ गतेसम्म अनलाइनमार्फत दरखास्त बुझाउन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउने म्याद असार १० गतेसम्म छ ।

स्थानीय तहहरुले १४ हजार बढी कर्मचारीहरु आवश्यक रहेको भन्दै विज्ञापन खुलाइदिन संघीय लोक सेवा आयोगलाई आग्रह गरेका थिए । तर, ९ हजार १ सय ६१ कर्मचारीको लागि मात्र विज्ञापन खोलिएको हो ।

बाँकी कर्मचारी बढुवामार्फत् पदपूर्ति गरिने लोक सेवा आयोगले जनाएको छ । संघीय लोक सेवा आयोगले छनोट गरे पनि ती कर्मचारीहरु स्थानीय तहकै हुने आयोगका प्रवक्ता प्रवक्ता किरण राज शर्माले जानकारी दिए ।

Logo