फुटपात व्यापारीले कुटे नगर प्रहरी

फुटपात व्यापारीले कुटे नगर प्रहरी

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी ।

काठमाडौं । फुटपाट व्यापारीले नगरप्रहरीमाथि हातपात गरेका छन् । काठमाडौंको खुलामञ्ज र सैनिक मञ्चको बीच बाटोमा व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरुले मंगलबार दिउँसो नगर प्रहरीमाथि हातपात गरेका हुन् ।

उनीहरुले आफ्नो सामान खोस्न आएपछि नगर प्रहरीमाथि कुटपिट नै गरेका हुन् । नगर प्रहरी आएर पैसा पनि असुल्ने अनि फेरि सामान पनि लगिदिने, फालिदिने गर्दै र सामान खोसाखोस भएको व्यापारीहरुको भनाई छ ।

प्रत्यक्षदर्शीले भने व्यापारीहरुले नगरप्रहरीका असईको गालामा झाडप हान्नुका साथै लात्ति समेत प्रहार गरेका थिए । कुटपिटमा महिला व्यापारीहरु समेत थिए । व्यापारीले आक्रमण गरेपछि नगर प्रहरी भागेको उनीहरुको भनाई छ ।

नगर प्रहरीको एक टोली आएर पैसा असुल्ने (हप्ता जस्तै) र अर्को टोली आएर सामान हटाउँन भन्दै धम्की दिने गरेको व्यापारीहरुको भनाई छ ।

खुल्ला मञ्च र सैनिक मञ्चकोबीच भागमा उनीहरु बिहान बेलुका व्यापार गर्दै आएका छन् । करिब दुई दर्जन व्यापारी सो क्षेत्रमा व्यापार गर्दै आएका छन् । दिनप्रतिदिन आएर साह्रै दुःख दिन थालेपछि व्यापारी नगर प्रहरीप्रति आक्रोशित भएका हुन् । ‘या त यो क्षेत्र पूर्ण रुपले व्यापार गर्न प्रतिबन्ध लगाउनुपर्‍यो । होईन भने पैसा पनि असुल्ने दुःख पनि दिने काम बन्द गर्नुपर्‍यो’ एक व्यापारीले भने ।

‘सहनुका पनि सिमा हुन्छ नि कहिलेसम्म सहेर बस्ने ! नगर प्रहरीले गुण्डागिरी गर्न थाले । अतिकति सानो तिनो भएपनि बिहान बेलुका गरेर दुई चार पैसा कमाउँदा राज्यलाई रिस हुनेरहेछ । या त हामीहरुको कुनै अन्य व्यवस्था गरिदिनुपर्‍यो । होईन् भने व्यापार व्यवसाय गरेर खाँदा के नै अपराध गर्‍यौं र हामीले ?’ ति व्यापारीको आक्रोश थियो ।

Logo