पाँचथर काण्डमा बचेकी सीताको सम्पूर्ण जिम्मा कांग्रेसले लिने (भिडियोमा)

पाँचथर काण्डमा बचेकी सीताको सम्पूर्ण जिम्मा कांग्रेसले लिने (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

पाँचथर । जेठ ६ गते पाँचथरको माक्लाजुङ गाउँपालिका– आरुबोटेमा दुई परिवारका नौं जनाको विभत्स हत्या भयो । धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको वंश नै नाश गर्ने गरी हत्या गरियो ।

उक्त हत्याकाण्डमा भने एक जना भागेर बाँच्न सफल भईन् । बमबहादुरकी १२ वर्षीया नातिनी सीता खजुम भागेर बाच्न सफल भईन् । उनलाई पढाउने जिम्मेवारी नेपाली कांग्रेसले लिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङ्दम्बेले सीताको सम्पूर्ण पढाईको खर्च व्यहोर्ने भएका हुन् । घटनाबारे बुझ्न आरुबोटे पुगेका नेता आङ्दम्बेले सीताको पढाईको खर्च व्यहोर्ने बताएका हुन् । नेता आङ्दम्बेले सीताको पढाईसँगै अन्य खर्च पनि व्यहोर्ने भएका हुन् ।

Logo