भिडियोमा हेर्नुहोस घट्टेकूलो बम विष्फोटको रहस्य

भिडियोमा हेर्नुहोस घट्टेकूलो बम विष्फोटको रहस्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंको घट्टेकुलोमा बम विष्फोटमा परी १ जनाको ज्यान गएको छ । त्यस्तै सुकेधारामा प्रेसर कुकर बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । विस्फोटमा परी २ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

आईतबार अपरान्ह भएको बम विष्फोटमा परी ४ जनाको ज्यान गएको हो । विस्फोटमा परी ५ जना घाइते भएका छन् । घट्टेकुलोको घटनास्थलमा बारुदको धुवा र धुलोको मुस्लोभित्र एक जनाको शव क्षतविक्षत अवस्थामा घटनाकमा प्रत्यक्षदर्शीले जनाएका छन । उनका अनुसार उनीहरु दुवै जना सो कोठामा २ महिनादेखि डेरामा बस्दै आएका थिए ।

प्रहरीले सो घटनामा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको संलग्नता रहेको हुन सक्ने आशंका गर्दै अनुसन्धानको कामलाई तीव्रता दिएको छ ।

Logo