बम विस्फोट अपडेटः मर्नेको संख्या ४ पुग्यो

बम विस्फोट अपडेटः मर्नेको संख्या ४ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौं बम विस्फोटमा मर्नेको संख्या ४ पुगेको छ । ट्रमा सेन्टरमा उपचार गराईएका थप एक जनाको मृत्यु भएसँगै मर्नेको संख्या ४ पुगेको हो । सुकेधारा विस्फोटमा घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

आईतबार दिउँसो काठमाडौंको सुकेधारा र घट्टेकुलोमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको थियो । घटनामा परेर ६ जना घाइते भएका थिए । घाइते ठाकुरको पनि मृत्यु भएसँगै मर्नेको संख्या ४ पुगेको हो ।

सुकेधारामा कुकर बम विस्फोट काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जन रहेको प्रहरीले जनाएको छ । यता घट्टेकुलो विस्फोटमा परी मारिनेको सनाखत हुन सकेको छैन् ।

अपडेटः विस्फोटमा घाईते विप्लव समूहका विद्यार्थी नेता रहेको पुष्टि

राजधानीको २ ठाउँमा विस्फोट, ३ जनाको मृत्यु

अनामनगरमा विष्फोट भएको वस्तु बम हुनसक्ने आशंका, १ जना फरार

Logo