अनामनगरमा विष्फोट भएको वस्तु बम हुनसक्ने आशंका, १ जना फरार

अनामनगरमा विष्फोट भएको वस्तु बम हुनसक्ने आशंका, १ जना फरार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अनामनगरको घट्टेकुलोमा विष्फोटक पदार्थ पड्किदाँ एक जनाको मृत्यु भएको छ । विस्फोटमा परी एक जना घाइते भएका छन् । व्यक्तिको घरभित्र विस्फोट भएको प्रहरीले जनाएको छ ।

ग्यास सिलिण्डर विस्फोट भएको बताईएपनि सुरक्षा अधिकारीले शंकास्पद वस्तु हुनसक्ने आशंका गरिएको छ । विस्फोटपछि उक्त क्षेत्र नेपाली सेनाले घेरेको छ । स्थानीयले पनि बम नै पड्किएको हुनसक्ने अनुमान गरेका छन् ।

त्यस्तै सुकेधारामा पनि सिलिण्डर पड्किँदा २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । दुवै क्षेत्रमा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा विस्फोट भएको थियो । विस्फोटमा घाइते भएका ५ जनालाई ओम अस्पताल पुर्‍याइएको छ ।

घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ । उक्त विस्फोट कसले गराएको भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घटनापछि एकजना फरार रहेको प्रहरी स्रोतले जनाएको छ ।

राजधानीको २ ठाउँमा विस्फोट, ३ जनाको मृत्यु

Logo