एकै हप्तामा दुई पटक सगरमाथा चढेका कामिरिताको भव्य स्वागत

एकै हप्तामा दुई पटक सगरमाथा चढेका कामिरिताको भव्य स्वागत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । एकै हप्तामा दुई पटक सगरमाथा चढेर फर्किएका कामिरिता शेर्पाको भव्य स्वागत गरिएको छ। गत बुधबार बिहान २३ औं पटक सगरमाथा आरोहण गरेका कामिरिता अर्को हप्ताको मंगलबार अर्को पटक सगरमाथामा पुगेका थिए ।

२४ औं पटक सगरमाथा आरोहण गरेका कामिरिता सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने व्यक्ति हुन्। कीर्तिमानी कामिरितालाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई स्वागत गर्न विमानस्थलमा आफन्तसँगै सुभेच्छुक पुगेका थिए।

उनी लुक्काबाट हेलिकप्टरमा त्रिभुवन विमानस्थलमा उत्रिदा आफन्त तथा समर्थकले खुसी मनाउँदै भव्य स्वागत गरेका थिए । विशेषगरी शेर्पा समूदाय उनलाई खादा लगाएर सम्मान गर्न लामबद्ध देखिन्थे । उनको भव्य स्वागतपछि राष्ट्रिय झण्डासहितको गाडीमा राखेर निवासतर्फ लगिएको थियो ।

४९ वर्षीय शेर्पाले २४ औं पटक सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान भंग गरेका थिए । लामो समयदेखि आरोहण क्षेत्रमा रहेका सोलुखुम्बु थामेका शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेर विश्व रेकर्ड समेत बनाएका छन् ।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका छन् । शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने प्रतिक्रिया दिए ।

Logo