मेयर गल्ती गर्ने उपमेयर माफी माग्ने

मेयर गल्ती गर्ने उपमेयर माफी माग्ने

केन्द्रबिन्दु
0
Shares

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई दुर्व्यवहार गरेको घटनामा उपमेयरले माफी मागेकी छन् । उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले शुक्रबार विज्ञप्ति जारी गरी उक्त घटना परिस्थितिजन्य भन्दै घटनाका कारण सञ्चार जगत र पत्रकारको आत्मसम्मानमा कुनै चोट पुगेको भए क्षमायाचना मागेकी हुन् ।

बुधबार इटहरीका मेयर चौधरीले अन्तर्वार्ताका क्रममा एक पत्रकारमाथि दुर्व्यवहार गरेका थिए । एक कर्मचारीलाई कुटपिट गरेको र अपशब्द बोलेको विषयमा प्रश्न सोध्दा उनी आक्रोशित हुँदै पत्रकारमाथि दुर्व्यवहार गर्न पुगेका थिए । मेयरको उक्त कदमको चर्को आलोचना भएपछि उपमेयरले माफी मागेकी हुन् ।

Logo