टिष्टुङमा १२ बर्षे नाच बिहिबारबाट

टिष्टुङमा १२ बर्षे नाच बिहिबारबाट

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको थाहा नगरपालिका ६ मा १२ बर्षे नाच देखाईने भएको छ । बिहिवारदेखि शुरु हुने नाचको सम्पूर्ण तयारी सम्पन्न भएको नाच व्यवस्थापन समितिले जनाएको छ ।

यो नाचमा गणेश, कुमारी, बाराही, इन्द्रायणी र भैरवका साथै महादेव, पार्वती, व्रम्हा, वेताहा, बवं, ख्याक लगायत हुन्छन् । यो नाचमा सत्तलसिंह महाराजको कथालाई समेत विषयवस्तु बनाईएको छ । यो नाचमा स्थानीय नेवार समुदायको भूमिका महत्वपूर्ण हुन्छ । नाचमा राजारजौताका बारेमा बनाइएका विभिन्न कथाहरुलाई प्रस्तुत गरिन्छ । साथै अनौठा तान्त्रिक प्रस्तुतीहरु समेत प्रर्दशन गरिन्छ । यो नाच रातको समयमा विभिन्न खटहरुमा देखाईन्छ ।

यो नाच यहाँका चित्लाङ, पालुङ लगायतका विभिन्न ठाउँमा देखाएर काठमाडौंमा समेत देखाउनुपर्ने चलन छ । पछिल्लो पटक यो नाच बि.सं. २०६२ सालमा देखाईएको थियो ।

 

यो पनि 

भैरबको नयाँ मुखौटा सहयोग

 

कुखुरा नपाल्ने गाउँको अचम्मको कथा (भिडियो रिपोर्ट)

 

Logo