विराटनगर बन्द मुख्यमन्त्री शेरधन राईको आश्वासनपछि फिर्ता भएको हो । "/>

विराटनगर बन्द फिर्ता, दिपावली मनाउन मेयरको आग्रह

विराटनगर बन्द फिर्ता, दिपावली मनाउन मेयरको आग्रह

केन्द्रबिन्दु
0
Shares

विराटनगर । विराटनगर बन्द फिर्ता भएको छ । प्रदेश राजधानी विकेन्द्रित गर्ने गरी प्रदेशसभामा प्रस्ताव दर्ता भएको विरोधमा आह्वान गरिएको विराटनगर बन्द मुख्यमन्त्री शेरधन राईको आश्वासनपछि फिर्ता भएको हो ।

सोमबार दिउँसो भएको सर्वपक्षीय वार्तामा मुख्यमन्त्री राईले राजधानी विराटनगरमा नै रहने र कार्यपालिका र व्यवस्थापिकाको संरचना पनि विराटनगर भन्दा बाहिर नलैजाने प्रतिवद्धता जनाएपछि बन्द फिर्ता भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

सोमबार दिउँसो ४ बजेपछि बन्द फिर्ता भएको मेयर पराजुलीको भनाई छ । उनले विराटनगरबासीलाई साँझ दिपावली गर्न आहृवानसमेत गरेका छन् ।

आइतबार नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलले प्रदेश १ को राजधानी विराटनगरमा राख्ने निर्णय गर्दै कार्यपालिका र व्यवस्थापिकाको संरचना विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासको क्षेत्रमा संरचना निर्माण गर्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री राई र सांसदहरुले संसदमा राजधानीको विषयमा दर्ता भएको प्रस्तावमाथि परेका संशोधन प्रस्तावहरु पनि फिर्ता लिएको लिने प्रतिवद्धता जनाएका छन् ।

विराटनगरमा अनिश्चितकालीन आमहड्ताल घोषणा

Logo