सेनाबाट अवकाशपछि फन्ट डिजाइनर बनेका जीवनध्वज राई

सेनाबाट अवकाशपछि फन्ट डिजाइनर बनेका जीवनध्वज राई

केन्द्रबिन्दु
0
Shares

नेपाली भाषाको शुद्धाशुद्धीबारे थुप्रै टिका टिप्पणी र बहसहरु भएका छन् । यस्तै समस्या अक्षर (लिपी) मा पनि देखिएको छ । यसरी लिपीको शुद्धाशुद्धीमा चासो राख्ने मध्येका एक हुन् जीवनध्वज राई (६२) ।

भारतीय सेनाबाट अवकाश प्राप्त राईको पछिल्लो केही बर्षको दैनिकी अक्षरलाई आकार दिँदैमा वित्छ । ३४ बर्ष भारतीय सेनामा विताएका उनले अवकाश प्राप्त जीवनलाई सृजनात्मक काममा रमाईरहेका छन् । उनले देवनागिरी मात्र हैन नेपाली, अङ्ग्रेजी, सिरिजङगा लिपिका अक्षर रुप पनि शुद्ध डिजाइन गरिसकेका छन् ।

उनको डिजाइन कम्प्युटरमा पाइने देवनागिरी लिपि र सिरिजंगा लिपिका अक्षरहरूभन्दा धेरै आकर्षक र कलात्मक छन् । उनले कम्प्युटरका कारण कतिपय अक्षरहरु हराउन लागेका पुराना नेपाली र सिरिजंगा अक्षरलाई डिजिटलाइज गरेका छन् । उनले डिजाइन गरेका ती अक्षरलाई जो कोहीको कम्प्युटर, मोबाइल वा ल्यापटप, ट्यावले चिन्न सक्छन्  । अहिले उनले लोप हुन लागेका २५ भन्दा बढी पुराना देवानागिरी लिपीहरुलाई डिजाइन गरेर ईन्टरनेटमा राखिदिएका छन् ।

उनले नेपाली भाषा र देवनागरि लिपिको शुद्ध लेख्न सहयोग पुर्याइरहेको छ । उनले बिकास गरेका १७ वटा नेपाली र ८ वटा अग्रेजी फन्टहरु ईन्टरनेटमा www.jdr.com.np मा हेर्न सकिन्छ । र, यसलाई आफनो कम्प्युटरमा इन्स्टल गरेर निशुल्क प्रयोग गर्न पनि सकिन्छ ।

ॐ’ अक्षर खोज्दै जाँदा फन्ट डिजाइनर

धरानको बाँजगराका स्थायी बासिन्दा राईले आफ्नो पितृको सम्मानका लागि आमा बुबाको सम्झनामा मन्दिर बनाए । शिलालेखमा कालिगढले राखेको ‘ॐ’ अक्षर उनलाई चित्त बुझेन । ‘ॐ’ को शुद्ध अक्षर खोज्दै विभिन्न ठाउँमा पुगे तर पनि उनले आफूले चाहेको जस्तो ‘ॐ’ भेटेनन् । त्यसपछि उनी हाम्रो पुरानो देवनगरी लिपी लोप भइरहेको बुझे । त्यसपछि उनले पुराना शुद्ध देवनागिरी लिपीका ‘जसले गर्दा लिपी यस्तो पनि रहेछ भनेर भोलिको पुस्तालाई पनि थाहा होस ।’ उनले भने ।

‘ॐ’ खोज्दै एक दिन उनी कम्प्युटर ईन्जिनियर प्रकाश उप्रेतीलाई भेट्न पुगे । ईन्जिनियर उप्रेतीले पनि उनले खोजे जस्तो अक्षर दिन सकेनन् । तर प्रकाशले उनलाई एउटा सफ्टवेयर प्रदान गरे । उक्त सफ्टवेयरमा राईले एक बर्षसम्म अभ्यास गरे । एक बर्षको मिहिनेत पछि उनी सफ्टवेयर चलाउन पोख्त बने । त्यसपछि उनले अक्षरहरु खोजेर डिजाइन गर्न थाले । सफ्टवेयरको नाम पनि राखिदिए ‘जेडिआर प्रकाश’ । सफ्टवेयर दिएर सहयोग गरेका ईन्जिनियर प्रकाशकै नाममा सफ्टवेयर नामाकरण गरेका हुन् ।

नयाँ पुस्ताले चासो नलिएको र अधिकांश कम्प्युटरमा फन्ट डिजाइनरले पनि कम चासो राख्ने भएकाले नेपाली फन्टका अक्षरहरु धेरै अशुद्ध छ । उनी धरै पत्रपत्रिकाहरुले प्रयोग गर्ने फन्ट र शव्दहरुको डिजाइन पनि शुद्ध नभएको बताउँछन । यसैले सबैले अक्षरको शुद्धतालाई ख्याल गर्नुपर्नेमा उनको जोड छ ।

कम्प्युटरमा देवनागरि लिपीको नेपाली भाषा लेख्न सजिलो त बनाइदिएको छ तर पुराना लिपीहरुलाई संरक्षण गरेको छैन् । अझै पनि श्लोक लेख्दा प्रयोग गरिने अन्तको बिराम पाइदैन । यस्ता धेरै शब्दहरु छन् जुन अझै कम्प्युटरमा फेला पार्न सकिदैन । जसकारण सहि उच्चारण अनुसार लेख्नको लागि पुराना अक्षरहरु नहुँदा समस्या हुने गरेको छ ।

फन्टको मौलिक नामाकरण

उनले फन्टहरुको नाम पनि मौलिक राखेका छन । उनले आमाबुवा, देवी देवता, नदीहरु, हिमाल र पहाड आदिको नाम रोजेका छन् । उनले आफूले सृजना गरेका अक्षरलाई जेडिआर अमृत, जेडिआर मेची, कोशी, सगरमाथा, जनकपुर, बागमती, पुस्पाक्षर, विन्दुक्षर र धरहरा लगायत नाम दिएका छन् । उनको अनुसार अक्षरहरूको रूपको दिशाअनुसार तिनीहरूमा आरोहअवरोह वा ठाडो र तेर्सो धर्सामा सन्तुलन मिल्नुपर्छ । ती सन्तुलन मिलाउने प्रयास उनले गरेका छन्  । धेरै अक्षरहरू कम्प्युटरमा टाइप गर्दा आधा अक्षरहरू जोडेर, हलन्त जोडेर, कतिपय अक्षर इन्सर्ट गरेर ल्याउनुपर्ने र कतिपयलाई अंक टाइप गरेर ल्याउनुपर्ने समस्या छन् ।

भविष्यको योजना

उनले लिपिमा नयाँरूप दिने काम विगत सात वर्षदेखि गर्दै आएका छन् । उनले हालसम्म उनले २५ किसिमका फन्ट डिजाइन गरेका छन् । सार्वजनिक र कपिराइट प्रक्रिया पूरा गर्न भने बाँकी छ । कपिराइट प्रक्रिया नपु¥याई प्रयोगमा ल्याए अरूले कपी गरिदिने डरले धेरै प्रचारमा नल्याएको बताए ।

उनको पहिलेदेखिकै सपना अक्षर डिजाइन गर्ने थियो । अझै पनि थप नयाँनयाँ डिजाइन गरेर नेपाली र सिरिजंगा लिपिलाई समृद्ध बनाउने उनको योजना छ । कम्तीमा सय फन्ट डिजाइन गर्ने उनको सोच रहेको छ । बाजुन्जेलसम्म एक सय अक्षर रुपहरु बिकास गरेर ईन्टरनेटमा राखिदिने लक्ष्य छ । ‘बाँसको कलमले लेखिएका देवानागरि लिपीका अक्षरको रुपलाई कमप्युटरमा डिजाइन गरेर ईन्टरनेटमा राख्नेछु ।’ उनी भन्छन् ।

Logo