धनगढीमा एक पत्रकार कुटिए

धनगढीमा एक पत्रकार कुटिए

केन्द्रबिन्दु
0
Shares

धनगढी । रिर्पोटिङमा गएका एक पत्रकार कुटिएका छन् । दिनेश एफएम र खबरमा कार्यरत पत्रकार जनक विष्ट कुटिएका हुन् । धनगढीका व्यापारी तेजेन्द्र थापाले उनीमाथि कुटपिट गरेका हुन् ।

धनगढीको मुख्य बजारमा रहेको त्रिनगर माविले भाडामा दिएका सटरको रिर्पोटिङ गर्न गएका पत्रकार विष्टमाथि त्रिनगरकै भवनको सटरमा व्यवसाय गरिरहेका थापाले कुटपिट गरेका हुन् ।

थापाले त्रिनगर माविको प्रधानाध्यापकको कार्यकक्षमा तथ्याङ्क संकलन गरिरहेको बेला विष्टमाथि कुटपिट गरेका हुन्। त्रिनगरका केहि सटरको भाडा निकै न्यून र केहिको धेरै बढि रहेको गुनासो आएपछि विष्ट रिर्पोटिङका लागि विद्यालयमा गएका थिए ।

तर रिर्पोटिङ गरिरहेकै अवस्थामा प्रधानाध्यापकको कार्यकक्षमा गएर विष्टमाथि कुटपिट भएपछि उनी घाईते भएका छन् । विष्टको मुखमा चोट लागेको छ। कुटपिटमा संग्लन थापा भने कुटपिट गरे लगत्तै फरार छन् ।

घटनाप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीले गम्भिर ध्यानाकार्षण भएको जनाएको छ । महासंघका कैलाली सचिव मिन ठकुरीद्वारा जारी विज्ञप्तीमा दोषीमाथि कारवाहीको माग गरिएको छ।

‘जनतालाई सूसुचित गर्ने जिम्मेवारी पुरा गर्ने क्रममा विष्टमाथि विद्यालयमै कुटपिट गरेको घटनालाई महासंघले आम पत्रकार र प्रेस स्वतन्त्रतामाथिको हमलाको रुपमा लिएको छ’ जारी विज्ञप्तीमा भनिएको छ।

Logo