विराटनगरमा भैंसीमाथि बलात्कार, १ जना पक्राउ, अदालतमा मुद्दा दर्ता

विराटनगरमा भैंसीमाथि बलात्कार, १ जना पक्राउ, अदालतमा मुद्दा दर्ता

केन्द्रबिन्दु
0
Shares

विराटनगर । बलात्कारका घटना दिनप्रतिदिन सार्वजनिक भईरहेका छन् । नाबालिका, बृद्ध महिला, अपांग महिला आदी बलात्कृत भएको घटना दिनप्रतिदिन आईरहेका हुन् । तर तर विराटनगरमा भने एक भैंसी बलात्कारको शिकार बनेको छ । भैंसीलाई बलात्कार गरेको भन्दै जिल्ला अदालत मोरङमा ‘फिराद’ दर्ता भएको छ ।

भैंसी करणी गरेको आरोपमा प्रहरीले रतुवामाई नगरपालिका २ का ४० वर्षीय मंगल हस्दालाई पक्राउ गरेको छ । उनले रानी टुढुको भैंसी करणी गरेका थिए ।

हस्दाले छिमेकीको गोठमा बाधेको भैसीलाई ७ सय मिटर पश्चिम एकान्त बास झ्याङमा लगेर बलात्कार गरेको आरोप लगाईएको छ । इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक रामचन्द्र साहले भैंसी धनीको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए ।

गोठमा बाधेको भैसी हराएपछि धनीले खोजी गर्दा भैसी बाँस झ्याङमा फेला परेको थियो । नजिकै करणी गर्दा खोलेर छाडेको कपडालाई आधार बनाएर अनुसन्धान गर्दा करणी गर्ने गाउँकै मंगल भएको खुलेको हो ।

पक्राउ परेका उनले अपराध सीकार गरेका छन् । अदालतमा दुनियाबादी मुद्दा अन्र्तगत कारवाही प्रक्रिया अघि बढेको छ । पशु बलात्कार दुनियावादी फौजदारी अर्थात (व्यक्तिवादीं) मुद्दामा जनावरमाथि करणी गर्न नहुने भनिएको छ ।

करणी भएको ठहर भए १ वर्ष कैद र १० हजार जरिवाना हुने व्यवस्था ऐनले गरेको छ । यस्तो खाले मुद्दा अदालतमा सोझै दर्ता हुन्छ । शुक्रबार पशु बलात्कार गरेको आरोपमा जिल्ला अदालत मोरङमा भैसी धनी स्वयम उस्थित भएर ‘फिराद’ दर्ता गराए हुन् । अदालतका श्रेस्तेदार इश्वरमाणि ओझाले भैंसी करणी गरेको मुद्दा दर्ता भएको भन्दै कारवाही प्रक्रिया चलिरहेको बताए ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद – १८ करणी सम्बन्धी कसूरको व्यवस्था गरिएको छ । ऐनको दफा २२७ मा पशु करणी गर्न नहुने उल्लेख गरिएको छ । सोही दफाको उपदफा एकमा कसैले पनि पशु करणी गर्नु वा गराउनु हुँदैन भनि उल्लेख गरिएको छ ।

त्यस्तै सोही दफाको उपदफा २ मा भनिएको छ–उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई गाईको करणी गरे वा गराएको भए दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना र अन्य पशु करणी गरे वा गराएको भए एक वर्षसम्म कैद र दश हजार रुपैंयाँसम्म जरिबाना हुनेछ ।

Logo