राष्ट्रपतिको सम्वोधनमा ‘मेरो सरकार’, सामाजिक सञ्जालमा चर्को वहस

राष्ट्रपतिको सम्वोधनमा ‘मेरो सरकार’, सामाजिक सञ्जालमा चर्को वहस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । सरकारको नीति र कार्यक्रमलाई संसदमा बाचन गरिरहँदा बाहिर भने त्यसको खुवै चर्चा चलिरहेको छ । विशेषगरी सामाजिक सञ्जालमा राष्ट्रपति भण्डारीले सम्बोधनका क्रममा उच्चारण गरेको वाक्यले सामाजिक सञ्जाल तातेको हो ।

राष्ट्रपतिले आफ्नो सम्बोधनमा बारम्बार ‘मेरो सरकार’ भन्ने शब्दावली प्रयोग गरेकी छन् । जसका कारण सामाजिक सञ्जाल तातेको हो । यसबाट राजतन्त्रकालको झल्को आएको धेरैले टिप्पणी गरेका छन् । लोकतन्त्रमा यस्तो अभ्यास नभएको उनीहरुको ठम्याई छ ।

राजतन्त्रकालमा ‘श्री ५ को सरकार’ भन्ने गरिन्थ्यो । त्यसैले तत्कालीन श्री ५ अर्थात् राजाले यसलाई ‘मेरो सरकार’ भन्ने गर्थे । गणतन्त्र स्थापनापछि ‘श्री ५ को सरकार’ को ठाउँमा ‘नेपाल सरकार’ भन्न थालियो । त्यसपछि राष्ट्रपतिले सम्वोधन गर्दा ‘मेरो सरकार’ भन्ने गरेका थिएनन् ।

प्रथम राष्ट्रपति डा. रामवरण यादव र त्यसपछि विद्या भण्डारीले पनि अघिल्लो वर्षसम्म ‘यस सरकार, संघीय सरकार वा नेपाल सरकार’ भन्ने गरेका थिए । तर, यसपाली नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले पहिलोपटक ‘मेरो सरकार’ भनेकी हुन् ।

Logo