नीति तथा कार्यक्रम घोषणा कार्यक्रमलाई राष्ट्रपति भण्डारीले सार्वजनिक गर्न लागेकी हुन् । "/>

राष्ट्रपति संसद भवन आउँदा यी रुटमा सवारी नचल्ने

राष्ट्रपति संसद भवन आउँदा यी रुटमा सवारी नचल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको नीति तथा कार्यक्रमको घोषणा गर्दैछिन् । संघीय संसद भवनमा सरकारले ल्याउने नीति तथा कार्यक्रम घोषणा कार्यक्रमलाई राष्ट्रपति भण्डारीले सार्वजनिक गर्न लागेकी हुन् । त्यसको लागि राष्ट्रपति भण्डारी अपराह्न संसद भवन जादैछिन् । उनी आउँदा सवारी आवागमन प्रभावित हुने भएको छ।

अपरान्ह ३ः३० बजेदेखि महाराजगञ्ज-लाजिम्पाट-लैनचौर-केशरमहल-दरवारमार्ग-जमल-न्युरोड-भद्रकाली-सिंहदरबार-माइतीघर-नयाँ बानेश्वरसम्मका सडक प्रभावित हुने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले आग्रह गरेको छ।

महाशाखाले उक्त रूट प्रयोग गर्ने सवारी चालकलाई महाराजगञ्ज, बालुवाटार-नक्साल-जयनेपाल-कमलपोखरी-पुतली सडक-अनामनगर-थापागाउँ वा चक्रपथको बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

संघीय संसदका सभामुख कृष्णबहादुर महराले बैठक सञ्चालन गर्नेछन् । नीति तथा कार्यक्रमका आधारमा नै सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्नेछ । संविधानले नै जेठ १५ गते वजेट प्रस्तुत गर्नुपर्ने वाध्यकारी व्यवस्था गरेपछि केही वर्षदेखि यही दिन वजेट प्रस्तुत हुँदै आएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो सरकार बनेपछि जनताको पक्षमा काम गर्छौ भन्दै आएपनि त्यो अनुसार काम नभएपछि सर्वसाधारण सरकारको आलोचना गर्दै आएका छन् । तर सरकारले आउँदो बजेटमा भने जनताको मन छुने योजनाहरु समेटिएको दावी गरेको छ । प्रतिनिधिसभाको बैठक आजै शुक्रबार ६ बजे र राष्ट्रियसभाको बैठक साढे ५ बजे बोलाइएको छ ।

Logo